पाल्पामा ४७ जनामा कोरोना संक्रमण, ७ जना सङ्क्रमणमुक्त
पाल्पा । पाल्पामा आज थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ७ जना निको भएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
संक्रमित हुनेहरूमा माथागढी गाउँपालिकाका २ जना, रामपुर नगरपालिकाका १० जना, पूर्वखोला गाउँपालिकाका ३ जना, रैनादेवी छहरा गाउँपालिकाका २ जना रहेका छन् ।
त्यस्तै रम्भा गाउँपालिकाका ३ जना, बगनासकाली गाउँपालिकाका ५ जना, तिनाउ गाउँपालिकाका १ जना, रिब्दीकोट गाउँपालिकाका २ जना र तानसेन नगरपालिकाका १९ जना संक्रमण देखिएको छ ।
योसँगै पाल्पामा सक्रिय सङ्क्रमितको सङ्ख्या ५ सय ४४ पुगेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी कृष्ण पोखरेलले जानकारी दिनुभयो । जिल्लामा हालसम्म कोरोना सङ्क्रमणकै कारण २ सय ५७ जनाको मृत्यु भइसकेको छ ।








प्रतिक्रिया राख्नुहोस्