तपाईँ सुन्दै हुनुहुन्छः

मंगलसेन स्वःमूल्यांकनमा ६७ प्रतिशत अङ्क प्राप्त गर्न सफल

अछाम । आर्थिक बर्ष २०७७/०७८ मा अछामको मंगलसेन नगरपालिकाले सम्पादन गरेका क्रियाकलापहरूको कार्य प्रक्रिया र उपलब्धिहरूको लेखाजोखा सार्वजनिक गरेको छ ।

स्वःमुल्याङ्कन नतिजा सार्वजनिक गरिएको लेखाजोखामा नगरपालिकाले बिषयक्षेत्र अनुसार १० शीर्षकमा ६७ दशमलव ७५ प्रतिशत अङ्क प्राप्त गरेको छ । 

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधि २०७७ (संशोधन, २०७८) बमोजिम स्वमूल्याङ्कन गर्दा प्राप्त नतिजा प्रतिशतका आधारमा ६७ दशमलव ७५ प्रतिशत सार्वजनिक गरिएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारीले बताउनुभयो 

विषयक्षेत्र अनुसार शासकीय प्रबन्धमा ८३.३३, सङ्गठन तथा प्रशासनमा ८१.२५, वार्षिक बजेट तथा योजना व्यवस्थापनमा ४५.४५, वित्तीय एंवम आर्थिक व्यवस्थापनमा ७७.२७, सेवा प्रवाहमा ९०.६३ प्रतिशत प्राप्ताङ्क प्राप्त गरेको छ । 

त्यसै गरी न्यायिक कार्यसम्पादनमा ९२.८६, भौतिक पूर्वाधारमा ४२.३१, सामाजिक समावेशीकरणमा ५०, वातावरण तथा विपद् व्यवस्थापनमा ७५ र सहकार्य र समन्वयमा ३३.३३ प्रतिशत नगरपालिका सफल भएको नगरपालिकाका सूचना अधिकारी विष्णुप्रसाद जैसीले बताउनुभयो । 

जिल्लाका सबै पालिकालाई आन्तरिक स्वःमूल्यांकनको नतिजा सार्वजनिक गर्न मन्त्रालयले आग्रह गरेको छ । तर सबै पालिकाले नतिजा सार्वजनिक गरेका छैनन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button