प्रदेश प्रमुख डा. अहिराजद्वारा वरिष्ठ कलाकारको सम्मान
जनकपुरधाम । प्रदेश नंं २ का प्रदेश प्रमुख डा. राजेश झा अहिराजले धनुषा जिल्लामा मिथिला चित्र कलामा उल्लेखनीय योगदान दिनु भएको चर्चित कलाकारहरूसँग भेटघाट गरेर उहाँहरूको समस्या तथा सङ्घर्षका बारेमा जानकारी लिनु भएको छ ।
मिथिला चित्र कला सहितको क्षेत्रमा विशिष्ट योगदान दिनु भएको वरिष्ठ कलाकार मञ्जु ठाकुर, मिथिलेश्वरी देवी, सुदर्शन लाल कर्ण सहितका पाँच जना कलाकारहरूसँग भेटघाट गर्नु भएको छ । उहाँ जनकपुरधामको कुवामा रहेको नारी विकास केन्द्रको स्थापना काल देखि नै संलग्न रहनु भएको छ ।
उहाँहरू २०४५ सालमा नै जापानमा पुगेर एकल मिथिला पेन्टीङ्गको प्रदर्शन गर्नु भएको थियो । खास गरेर त्यति वेला मिथिलामा महिलाहरू घुघट तथा घर चौकामा बस्नु पर्ने बाध्यताका बीचमा मिथिला पेन्टिङको अन्तर्राष्ट्रिय जगतमा पुगेर गर्नु भएको प्रचारको उच्च सम्मान गर्दै भेटघाट गरेर कार्यलाई निरन्तरता दिनका हौसला प्रदान गर्नु भएको छ ।
अहिले पनि पाँचै जना कलाकारहरू मिथिला पेन्टिङको क्षेत्रमा क्रियाशील रहनु भएको छ । उहाँहरूलाई प्रदेश प्रमुख डा. अहिराजले दोसल्ला ओढाएर सम्मान पनि गर्नु भएको थियो । राज्यबाट थप सहयोगका लागि पहल गर्ने प्रदेश प्रमुख डा. अहिराजले प्रतिबद्धता प्रकट गर्नु भएको थियो ।
प्रतिक्रिया राख्नुहोस्