बलात्कारपछि फरार युवा पक्राउ
सिन्धुपाल्चोक।बलात्कार गरि फरार भएका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । २०७६ साल साउनमा काभ्रेको बनेपामा एक महिलालाई बलत्कार गरि फरार रहेका सिन्धुपाल्चोक मेलम्ची नगरपालिका १३ फटकशिलाका सुदिप दनुवारलाई शुक्रबार राती पक्राउ गरेको हो ।
उनलाई आफ्नै घरमा लुकिछिपि रहेको अवस्थामा अस्थाइ प्रहरी पोष्ट बाहुनेपाटि बाट खटिएको प्रहरी टोलिले पक्राउ गरेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरिक्षक फल बहादुर तामाङले जानकारी दिनुभयो ।
पक्राउ परेका दनुवारलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बनेपा काभ्रे पठाइएको तामाङले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्