तपाईँ सुन्दै हुनुहुन्छः

कपिलबस्तुमा स्वास्थ्य सामाग्री हस्तान्तरण

कपिलबस्तु । दलित सामाजिक विकास केन्द्रले जिल्लाको यशोधरा गाउंपालिकाको वडा नम्बर १,२ र ३ मा रहेका स्वास्थ्य चौकीहरुलाई केही स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरेको छ ।

ती वडाका बडाध्यक्षहरु मार्फत स्वास्थ्य सामग्रीहरु स्वास्थ्य चौकीहरुलाई बुझाईएको हो ।युनाईटेड मिसन टु नेपाल यूएमएन र दलित सामाजिक विकास केन्द्रको संयुक्त साझेदारीमा त्यस गापा मा संचालित जीवीकोपार्जन तथा वातावरण सुधार द्धारा समुदायको उत्थानशील सवलीकरण परियोजनाबाट यशोधरा गाउपालिका को वडा नं. १, २ र ३ का स्वस्थ्य चौकिहरुलाइ सेनिटाइजर ,सर्जिकल मास्क, हेण्ड वास, ग्लोब्स, साबुन , फिनायल लगायतका स्वास्थ्य सामाग्रीहरु हरुतान्तरण गरिएको परियोजना अधिकृत सुमन न्यौपाने र फिल्ड् अधिकृत रमेश कुर्मीले जनकारी दिनुभयो ।

कोरोना भाइरस संक्रमणको अवस्थालाई माध्यनजर गरी हस्तान्तरण गरिएको ती सामाग्रीबाट बर्तमान समयमा सेवा लिन आउने र सेवा दिने दुबै पक्षलाई सुरक्षित रहन मद्धत पुग्ने बिश्वास रहेको दलित सामाजिक बिकास केन्द्रका अध्यक्ष रामशरन रैदाशले बताउनुभयो ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button