तपाईँ सुन्दै हुनुहुन्छः

बेलडाँडी प्राथमिक स्वास्थ्य केन्द्रमा नियमित सेवा प्रवाह

कञ्चनपुर। कञ्चनपुरको बेलडाँडी गाउँपालिका वडा नम्बर २ मा रहेको बेलडाँडी प्राथमिक स्वास्थ्य केन्द्रमा शुक्रबारबाट नियमित सेवा प्रवाह गरिएको छ ।

स्वास्थ्य केन्द्रमा कार्यरत एक जना स्वास्थ्यकर्मीमा कोभिड १९ संक्रमण देखिएपछि यही असोज २० गतेदेखि २२ गतेसम्म तीन दिनका लागि आकस्मिक बाहेकका सबै सेवाहरु बन्द गरिएको थियो ।

यसअवधिमा अन्य स्वास्थ्यकर्मी र कर्मचारीको कोभिड १९ परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएकोले शुक्रबारबाट सबै सेवा नियमित गरिएको बेलडाँडी प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष एवं वडा नम्बर २ का वडाध्यक्ष प्रेम राज खातीले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button