सर्पको टोकाइबाट चितवनमा एकको मृत्यु, २ जना गम्भीर घाइते
चितवन । चितवनको शारदानगरमा सर्पको टोकाइबाट आज बिहान एक बालकको मृत्यु भएको छ ।
राती ११ः५० बजे घरमै सुतिरहेको अवस्था सर्पले टोक्दा भरतपुर १९ शारदानगर रुबि सुनारका २ वर्षीय छोरा रायन रामदानको मृत्यु भएको हो ।
घाइते बालकको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । सर्पको टोकाइबाट ५६ वर्षकी केशरी बिक र २६ वर्षकी रुबि सुनार गम्भीर घाइते भएका छन । केशरिको चितवन मेडिकल कलेज र रुबिको भरतपुर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्