क्यान्सरपिडीत नैनबहादुलाई जापानबाट सहयोग
सिन्धुपाल्चोक– पुर्व जनमुक्ति सेनाका कम्पनी कमाण्डर नैनबहादुर तामाङ जमिनको उपचारको लागि जापानमा बस्ने प्रवासी नेपालीहरुले सहयोग संकलन गरि नेपाल पठाएका छन् । नेपाल कम्युनिष्ठ पार्टीका केन्द्रिय सदस्य सरल सहयात्री मार्फत पिडीतलाई रकम दिने गरि उनीहरुले रकम नेपाल पठाएका हुन् ।
जापानमा कामको शिलसीलामा पुगेका प्रवासी नेपालीहरुले २ लाख ३९ हजार ११२ रुपैंया संकलन गरि मनि ट्रान्सफर मार्फत सो सहयोग रकम नेपाल पठाएका हुन् ।
तत्कालिन जनमुक्ति सेना नेपाल ३ नं. डिभिजन वेथान स्मृति व्रिगेड अन्तर्गत विभिन्न वटालिनका विभिन्न कम्पनिहरुमा काम गर्नुभएका कम्पनी कमाण्डर नैन वहादुर तामाङ लाई युद्धको समयमा मुखमा गोली लागेको थियो । सोही गोलीको कारण उहाँको मुखमा क्यान्सर भएकोले उपचार गरि जिवन रक्षका लागि विभिन्न व्यत्ति तथा संस्थाहरुबाट सहयोग गर्ने क्रममा जापानमा रहेका प्रवासी नेपालीहरुले सो रकम संकलन गरि नेपाल पठाएका हुन् ।
सो सहयोग रकम विहीबार मात्र नेपालमा निकाल्न मिल्ने र रकम निकाल्नासाथ पिडीतको हातमा पुग्ने गरि हस्तान्तरण गरिने नेकपा नेता सहयात्रीले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्