तपाईँ सुन्दै हुनुहुन्छः

पोखरीमा डुबेर सर्लाहीमा दुई बालिकाको मृत्यु

सर्लाही । सर्लाहीमा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ।

मृत्यु हुनेमा ईश्वरपुर नगरपालिका वडा नं १४ हरकठवा बस्ने रामपृत महतोको छोरी १३ वर्षिया अञ्जलि कुमारी महतो र सोही वडा बस्ने आनन्द महतोको छोरी १० वर्षिया आरती कुमारी महतो रहेकी छन् ।

शनिवार बिहान बाख्रा चराउन गएको बालबालिकाहरू साँझसम्म घर नफर्किएपछि बालिकाको आफन्तहरूले खोज्दै जाँदा वडा नं १४ कै प्रकाश महतोको नयाँ खन्दै गरेको पोखरीमा डुबेर मृत अवस्थामा बालिकाहरूको शव भेटिएको प्रहरीले जनाएको छ।

मृत बालिकाहरूको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवामा राखिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता मदन कुँवरले जानकारी दिनुभयो  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button