वारा, पर्सा, रौतहट, सर्लाही लगायतका जिल्लामा सलह किरा देखा, किसान चिन्तित

बीरगंज ।भारतको विहारबाट छिटफुट रुपमा नेपालको वारा, पर्सा, रौतहट, सर्लाही लगायतका जिल्लाहरुमा सलह किरा देखा परेपछि मध्यतराईका किसानहरु चिन्तित भएका छन । फट्यांग्राकै एक प्रजतिका रुपमा रहेको सहलले बालीनालीमा एकसाथ ठूलो संख्यामा बसेर नष्ट गर्ने गर्दछ ।
वाराको निजगढ नगरपालिका वडा नम्बर १३ मा छिटफुट रुपमा सलह किरा भेटिएपछि क्षेत्रिय अनुसन्धान केन्द्र परवानीपुरबाट कृषि वैज्ञानिकहरुको टोली आई पुगेको निजगढ नगरपालिका वडा नम्बर १३ का वडाअध्यक्ष सुर्य घलानले जानकारी दिनुभयो ।
त्यसैगरी बाराको निजगढ र सिमरा, डुमरवाना, पर्साको पर्सागढी नगरपालिका क्षेत्रमा आज विहान सलह किरा भेटिएको स्थानिय कृषकहरुले बताएका छन् ।
कृषि ज्ञान केन्द्र वाराका प्रमुख जितेन्द्र यादवले भारतको विहार हुदै नेपालको सिमावर्ती जिल्लाहरुमा आज विहानबाट सलह किरा भेटिएको बताउदै प्रभावित क्षेत्रमा टोली परिचालन गरि निरिक्षण गर्दा किराहरुको सानो सानो झुण्ड बनाएर रुखमा बसेको आफूहरुले भेटेको बताउदै किराहरुले विशेषत धान र तरकारी खान थालेको जानकारी दिनुभयो । सलह भारतबाट नेपाल भित्रिएको पुष्टि भएसँगै सबै भन्दा बढी प्रभावित क्षेत्रको पहिचान गरी प्राविधिक सहितको टोली निजगढ लगायतका क्षेत्रमा पठाईएको यादवले बताउनु भयो ।
यता रौतहट जिल्लाको चन्द्रपुर नगरपालिकाको उत्तरी सिमा मकवानपुरको बकैया—१ महादेव डाडा हुदै चन्द्रपुर—३ अन्र्तगत भोलुम्टार , इपिल , अरुणबन्ति लमाह गुजरा नगरपालिकाको कटानी लगायतका क्षेत्रमा झुण्ड झुण्डमा सलह देखा परेको किसानहरुले बताएका छन ।
आज बिहानै बकैया हुदै चन्द्रनिगाहपुरमा देखिएको सलह किरा मकै बालीमा पसेको र यसले मकै खेती सखाप पार्न सक्ने भन्दै स्थानिय कृषक आशिष तामाङले चिन्ता ब्यक्त गर्नु भएको छ ।
आज विहादै आकाशमै ठूलो हुलमा उडेको देखेको बताउने तमाङ्गले पछि सो किरा मकैमा बसेपछि हेर्दा सलह किरा देखेपछि सम्बन्धित निकायलाई जानकारी गराईएको बताउनु भयो । यसैगरी सर्लाहीको तेलबाली अनुसन्धान कार्यक्रमको कार्यालय नवलपुरमा विहान सलहको झुन्ड फेला परेको छ ।
कार्यक्रम प्रमुख वीपी यादवले आज विहान ७ बजे तिर नवलपुरमा सलहको समूह देखा परेको बताउनु भयो । सलहले सर्लाहीको नवलपुरमा ‘बदम, धानका बोटहरु खाँदै गरेको र आफूले यसबारेमा मन्त्रालय देखि सम्बन्धित निकायलाई जानकारी गराईसकेको बताउनु भयो ।
अहिले सलहको प्रकोप देखिएको स्थानमा स्थानीयसहित प्राविधिकहरु टोली खटि सकेको र विषादी छर्किने र थाल बजाउने गरेर किरा भगाउँन लागेको यादवले बताउनु भयो ।
हिजो अस्ती दक्षिणतर्फबाट उत्तरतर्फ बगेको हावाको बेगले सलह जातको फ्टयांग्रालाई भारतको विहार बाट नेपाल ल्याई पुर्याएको हुन सक्ने अनुमान किसानहरुले गरेका छन् । यो फट्याङग्राले सम्पूर्ण कृषि वालीको बोटविरुवा, बाली, फुल, डाँट, डाँटको बोक्रासम्म खाइदिने क्षमता राख्ने हुँदा सलहको कारण कृषिमा ठूलो क्षति हुन सक्ने भन्दै कृषि विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् ।








प्रतिक्रिया राख्नुहोस्