प्रदेश २ मा कोरोनाबाट संक्रमितको संख्या १ हजार ३ सय ७७
जनकपुरधाम । प्रदेश २ मा पछिल्लो २४ घण्टामा ५४ जना व्यक्तिमा कोराना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । योसँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या १ हजार ३ सय ७७ पुगेको छ ।
पछिल्लो पटक सप्तरीमा १३ जना, धनुषामा २१ जना, महोत्तरीमा १९ जना, सर्लाहीमा १ जनामा संक्रमण भएको पुष्टि भएको प्रदेश नंं २ का सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
सप्तरीको राजविराज नगरपालिकाको क्वारेन्टाइनमा रहेका ७ जना, छिन्नमस्ता गाँउपालिका क्वारेन्टाइनमा रहेका ४ जना र कञ्चनपुर नगरपालिका क्वारेन्टाइनमा रहेका २ जनामा संक्रमण पुष्टि भएको छ । सप्तरीमा संक्रमितमध्ये ३ जना महिला र १० जना पुरुष हुन् ।
धनुषामा मुखियापट्टी मुसहरनियाँ गाउँपालिकाको क्वारेन्टाइनमा रहेका ११ जना र जनकनन्दी गाउँपालिकाको क्वारेन्टाइनमा रहेका १० जना कोरोनामा कोरोनाको संक्रण देखा परेको मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले जानकारी दिनुभएको छ ।
संक्रमित मध्ये २० जना पुरुष र १ जना महिला रहेको प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ । महोतरीको बर्दिबास नगरपालिकाको क्वारेन्टाइनमा रहेका १५ जना, एकडारा गाउँपालिकाका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
महोत्तरीमा संक्रमतिमध्ये १८ जना पुरुष र १ जना महिला रहेका छन् । सर्लाही जिल्लाको कोडेना गाउँपालिका क्वारेन्टाइनमा रहेका ३० वर्षीय १ जना पुरुष कोरोना भाइरसबाट संक्रमित भएको मन्त्रलायले जनाएको छ । संक्रमितहरु भारतको विभिन्न शहरबाट आएर क्वारेन्टाईनमा बस्दै आउनु भएकाहरु रहेको सचिव डा घिमिरेले जानकारी दिनु भयो ।
संक्रमितहरुलाई उपचारका लागि विभिन्न ठाउँमा निर्माण गरिईएको आईसोलेशनमा ल्याउने काम भईरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । खास गरेर लक्ष्ण देखा नपरेकाहरुलाई कोभिड १ लेभलको आईसोलेशनमा राखेर उपचार गरिने भएको छ ।







प्रतिक्रिया राख्नुहोस्