खोलामा डुबेर झापामा एक नाबालको मृत्यु
भद्रपुर, झापा । झापाको विर्तामोडमा खोलामा डुबेर एक नाबालको मृत्यु भएको छ । विर्तामोड–७ का दुई वर्षीय जीवन मर्डीको घर नजिकैको रेखा खोलामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
हिजो राति ९ बजेतिर घरबाट हराएका ती नाबालकलाई आज बिहान खोजी गर्दै जाँदा घर नजिकको खोलामा डुबिरहेको अवस्थामा शव पारेको मृतकका बाबु राजु मर्डीले बताउनुभयो । घर र खोलाको दूरी ३०० मिटर मात्र रहेको प्रहरीले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्