तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश ५ को प्रदेश सभाको छैठौं अधिवेशन शुरु 

रुपन्देही । कोभिड–१९ को संक्रमण बढ्दै गएपछि साउन १८ पछि स्थगित भएको प्रदेश ५ को प्रदेशसभाको छैठौं अधिवेशन आज मंगलबारबाट शुरु भएको छ ।

अधिवेशनबाट प्रदेशको राजधानी र नामाकरण टुंगो लगाउने प्रदेश सरकारको तयारी छ ।

मंगलबारको बैठकको विशेष समयमा बोल्दै प्रदेश सभा सदस्यले कोरोना महामारी नियन्त्रणमा सरकारले गरेका कमजोरीदेखि बाढीपहिरोको पीडा र अन्य गतिविधिका विषय उठाउनुभएको छ ।

सार्वजनिक लेखा समिति सभापतिसमेत रहेका सांसद डिल्लीबहादुर चौधरीले सोमबार गुल्मीमा नेपाली काँग्रेसका सभापति र कार्यकर्तामाथि प्रहरीबाट भएको धरपकडको निन्दा गर्दै प्रजिअ र प्रहरी प्रमुखलाई कारवाहीको माग गर्नुभयो ।

बैठकमा जनमोर्चाकी तारा जिसी, जनता समाजवादी पार्टीका सन्तोषकुमार पाण्डेय, नेकपाका भोजप्रसाद श्रेष्ठ लगायतले विशेष समयमा बोल्नुभएको थियो ।

प्रदेश सरकारले स्थापना गर्न लागेको प्रदेश पूर्वाधार विकास प्राधिकरण स्थापना र सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले विधेयक पेस गर्नुभएको छ ।

बैठकमा उद्योग पर्यटन वन तथा वातावरणमन्त्री लिला गिरीले अहिलेसम्म मन्त्रालयसँग सम्बन्धित विषयमा उठेका जिज्ञासाको जवाफ दिनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button