तपाईँ सुन्दै हुनुहुन्छः

हत्या गरेको आरोपमा एक पक्राउ

सल्यान । सल्यानमा एक युवकको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला कुमाख गाउँपालिका २ का १६ वर्षीय जनक खत्रीलाई हत्या गरेको आरोपमा शोही ठाउँका २९ वर्षीय देवराज जैशीलाई प्रहरीले पक्राउ गरेको हो ।

सोमबार राती गाउँपालिकाको वडा न २ स्थित काभ्रा अठाले भन्ने स्थानमा आँखा र कानको नजिक कन्चटमा गम्भिर ढंगले प्रहरी गरी सडकको डिलबाट करिब १८ मिटर तल खसाई मारेको अभियोगमा जैसीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

स्थानीय ३९ वर्षीय टेक बहादुर बुढाथोकीले जाहेरी दिएपछि अभियुक्त जैसीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी उमाकान्त जैसीले बताए ।

प्रक्राउ परेका जैसीलाई जिल्ला अदालत सल्यानबाट १५ दिनको म्याद थप गरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button