क्रसर उद्योगको मापदण्ड पालनामा कडाइ
कास्की-गण्डकी प्रदेशसभाको अर्थ तथा विकास समितिले क्रसर उद्योग सबै जिल्लामा मापदण्ड विपरीत सञ्चालन भएको भन्दै पालनाका लागि सरोकार भएकालाई जिम्मेवार बनाउने भएको छ ।
समितिको शुक्रबार बसेको भर्चुअल बैठकले प्रदेशभित्रका क्रसर उद्योग सञ्चालनबारेमा ११ वटै जिल्ला समन्वय समितिका प्रमुखसँग यही भदौ २४ गते छलफल गर्ने निर्णय गरेको समितिका सभापति दीपक कोइरालाले बताउनुभयो ।
बैठकमा समितिका सदस्य इन्द्रलाल सापकोटा, भागवतप्रकाश मल्ल, हरिशरण आचार्य, जनकलाल श्रेष्ठ, दाेबाटे विश्वकर्मा र सरिता गुरुङले आ–आफ्नो जिल्लामा क्रसर उद्योग र अवस्थाबारे जानकारी दिनुभएको थियो ।






प्रतिक्रिया राख्नुहोस्