तपाईँ सुन्दै हुनुहुन्छः

कक्षा १२ को नतिजामा त्रुटि सच्याउन विद्यार्थीको माग 

काठमाडौँ । कक्षा १२ को नतिजा प्रकाशनमा र मूल्याङ्कनमा त्रुटि भएको भन्दै सच्याउन विद्यार्थीले माग गरेका छन् । 

काठमाडौँको माइतीघरमा ‘प्ले’ कार्डसहित भेला भएर उनीहरूले नतिजा पुनः मूल्याङ्कन र पुनः योग गर्न शिक्षा तथा खेलकुद मन्त्रालयको ध्यानाकर्षण गराएका हुन् । राष्ट्रिय परीक्षा बोर्डले यही असार ५ गते कक्षा १२ को परीक्षाको नतिजा प्रकाशन गरेको थियो ।

यसैबीच शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले परीक्षाफल छिटो प्रकाशन होस् भन्ने चाहे पनि हतारो नगरिएको स्पष्ट पार्दै नतिजाप्रति उठेको आवाजबारे समितिमार्फत सुनुवाइ गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button