तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश २ मा ५ सय वेडको कोरोना विषेश अस्पताल बनाइने

जनकपुरधाम । प्रदेश नम्बर २ सरकारले धनुषाको जनकपुरधाम स्थित वडा नम्बरं १३ मुजेलियामा रहेको मणिपाल शिक्षण कलेजको निर्माणाधिन भवनलाई ५ सय वेडको कोरोना विशेष अस्पताल बनाउने निर्णय गरेको छ ।

प्रदेश संकट व्यवस्थापन केन्द्र ( पिसिएमसी ) को आज बसेको बैठकले कारोना भाइरस संक्रमितहरुको उपचारका लागि मणिपाल शिक्षण कलेजको भवन प्रयोग गर्ने निर्णय भएको आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र कुमार यादवले जानकारी दिनु भयो ।

अस्पताल निर्माणका लागि प्रदेश सरकारले स्थापना गरेको कोरोना विषेश कोषमा १० करोड रुपैयाँ उलपब्ध गराउने निर्णय पनि गरेको उहाँले जानकारी दिनुभयो ।

वैठकमा मुख्यमन्त्री लालबाबु राउतले प्रदेशमा छुट्टै कोरोना विशेष अस्पताल नहुँदा संक्रमितको उपचारमा समस्या हुँदै आएकोमा अब राहत मिल्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button