मध्यरातमा खसी बोका चोरी गर्दै हिड्ने ४ जना पक्राउ
तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले मध्यरातमा खसी बोका चोरी गर्दै हिड्ने ४ जनालाई पक्राउ गरेको छ ।
पक्राउ व्यक्तीहरुमा तनहुँको ऋषिङ गाउँपालिका वडा नं ४ भिरकोट बगैँचा बस्ने १९ वर्षीय सुमन नेपाली, व्यास नगरपालिका वडा नं ४ ट्याङकीडाँडा बस्ने २३ वर्षीय भरत सुनार, व्यास नगरपालिका वडा नं ५ साँगे बस्ने १९ वर्षीय सुमन कुमाल र व्यास नगरपालिका वडा नं १ गल्बुबेशी बस्ने २४ वर्षीय रामचन्द्र पौडेल रहेको प्रहरीले जनाएको छ ।
गत बिहिबार बिहान अन्दाजी १ः३० बजेको समयमा जिल्लाको व्यास नगरपालिका वडा नं १ मुसेखोला बस्ने ४१ वर्षीय कमल बहादुर लुङगेलीले पालन पोषण गर्दै आएको बाख्रा खोरबाट बोका र पाठी चोरी भएको जानकारी प्रहरीलाई टेलिफोन मार्फत जानकारी प्राप्त भएको थियो ।
सुचना प्राप्त हुनासाथ घटना स्थान तथा चोरी गरी भाग्ने उम्कने बाटो समेतमा खोजतलास गर्दै गर्दा चोरी भएका बाख्रा बेचबिखन गर्नको लागी लैजादै गरेको अवस्थामा प्रहरीले ४ जनालाई पक्राउ गरेको हो ।
उनीहरुलाई चोरी भएको खसीसहित फेला पारेकोले र चारै जनालाई कानून बमोजिम पक्राउ गरी तनहुँ जिल्ला अदालतमा उपस्थित गराईएको थियो । चोरी मुद्दामा म्याद थप अनुमती लिई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिना जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्