तपाईँ सुन्दै हुनुहुन्छः

अब दुई हजार २ सयमै कोरोना परीक्षण

बाँके । कोरोना जाँचको दायरा बढाउन चौतर्फी माग उठी रहेको बेलामा नेपालगन्जको भेरी अस्पतालले पनि स–शुल्क कोरोना परीक्षण सेवा सुरु गरेको छ । यो स्वेच्छाले र कोरोना जाँच निर्देशिकाले तोकेको व्यक्ति बाहेकले शुल्क तिरेर जाँच गराउन सक्ने छन् ।

भेरी अस्पताल विकास समितिको बिहीबार बसेको बैठकले स्वेच्छाले कोरोना परीक्षण गर्न आउने व्यक्तिका लागि दुई हजार २ सय रुपैयाँ शुल्क निर्धारण गरेको अस्पताल विकास समितिका अध्यक्ष प्रमोदकुमार धितालले जानकारी दिनुभयो ।

उनले सो निर्णय बारे सूचना जारी गर्दै स्वेच्छाले र शुल्क तिरेर जाँच गराउन सक्नेका लागि सहज भएको उल्लेख गर्नुभयो । ‘निर्देशिकाले तोकेभन्दा बाहेकका स्वेच्छाले कोरोना परीक्षण गराउन चाहने व्यक्तिबाट प्रति जाँच दुई हजार दुई सय मात्र लिने निर्णय गरिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button