लुम्बिनी प्रादेशिक अस्पतालको आइसोलेसनमा एक जना कोरोनासंक्रमित महिलाको मृत्यु

बुटवल । रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको आइसोलेसनमा एक जना कोरोनासंक्रमित महिलाको मृत्यु भएको छ ।
बुधबार साँझ ७ बजे अस्पताल ल्याइएकी रुपन्देहीको सैनामैना ११, सालझण्डीकी ७७ वर्षीया महिलाको इमरजेन्सी एक्स्पर्ट टेस्टबाट पीसीआर परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो ।
उनलाई कोरोना विशेष अस्पतालमा बेड र भेन्टिलेटर दुवै खाली नभएर प्रादेशिक अस्पतालकैआइसालेसनमा राखी उपचार गरिएकामा बिहीबार बिहान साढे ४ बजे मृत्यु भएको कोरोना विशेषअस्पताल बुटवलका फोकल पर्सन डा। सुदर्शन थापाले बताउनु भयो ।
गत ३ दिनदेखि खोकी लाग्ने, ज्वरो आउने र श्वासप्रश्वासमा समस्या भएकी उनलाई अक्सिजनदिई उपचार गरिएको र श्वास लिन नसकेपछि मृत्यु भएको डा। थापाले जनाउनु भयो।







प्रतिक्रिया राख्नुहोस्