बारामा युवाहरुद्वारा फुड बैंक सञ्चालन
बारा । कोरोना संक्रमीत, विपन्न तथा असहाय परिवारका लागी बारास्थित सिमरा र पथलैयाका युबाहरुले आजदेखि फुड बैंक सञ्चालनमा ल्याएका छन् ।
पथलैया चोकमा ‘हुनेले दिएर जाउ, नहुनेले लिएर जाउ’ भन्ने नारा लेखिएको ब्यानर सहित पथलैया सिमराका युबाहरुले स्थानीय तहको सहजीकरणमा फुड बैक सिमरा सुरे गरेका हुन् ।
सामाजिक बृतका परिचित युबाहरुको सहभागीता रहेको उक्त फुड बैकमा अधिकांशले चामल, दाल, तेल सहयोग गरेका थिए भने चाउचाउ पनि बैकमा सहयोग स्बरुप जम्मा गरेका थिए ।
पहिलो चरणमा पथलैया र सिमराका ७ स्थानमा बैक खडा गरी जनस्तरबाट हुनेले दिने स्थान खडा गर्ने दोस्रो चरणमा बैकमा सहभागी सदस्यहरु स्बयंबाट स्बस्फुर्त राहत संकलन गने र तेस्रो चरणमा स्थानीय बडा नम्बर १ र २ को कार्यालयबाट सहयोग माग गर्ने योजना रहेको फुड बैँक सङकलन कार्यक्रमका राम कुमार भट्राईले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्