तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा थप १४ जना कोरोना सङ्क्रमित निको भई डिस्चार्ज

नेपालगञ्ज –  बाँकेमा आज थप १४ जना कोरोना सङ्क्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै बाँकेमा कोरोना संक्रमण निको भई घर फर्कनेको सङ्ख्या छ  सय २८ पुगेको छ ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार कोरोना  निको भई डिस्चार्ज हुनेहरुमा वडा प्रहरी कार्यालय आइसोलेसनबाट चार जना, चिसापानी आइसोलेसनबाट तीन जना, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल आइसोलेसनबाट दुई जना, डुडुवा आइसोलेसनबाट दुई जना तथा खुल्ला कारागार गनापुर, भेरी अस्पताल र कृषि तालिम केन्द्र खजुरा आइसोलेसनबाट एक/एक जना रहेका छन ।

बाँकेमा आइसोलेसनमा रहनेहरुमा बाँकेका एक  सय ९७ र अन्य जिल्लाका चार  जना गरी दुई सय एक  जना छन् ।

बाँकेमा हालसम्म आठ सय २९ जनामा कोरोना सङ्क्रमण पुष्टि  भएको छ भने  कोरोना सङ्क्रमण पुष्टि भएका मध्ये चार  जनाको मृत्यु भएको  बाँकेका कोरोना फोकल पर्सन  श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button