गण्डकी प्रदेशमा आज ८ जनामा कोरोना संक्रमण

पर्वत । गण्डकी प्रदेशमा आज बिहान थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय पोखराले आज बिहान एक प्रेस विज्ञप्ति प्रकाशित गरी सङ्क्रमित बढेको जनाएको हो ।
निर्देशनालयका अनुसार कास्कीको पोखरा महानगरपालिकाका ५० र २५ वर्षिया महिला र २३ र २८ वर्षीय पुरुष, नवलपुरको कावासोती नगरपालिकाका १४ वर्षिया बालिका र ३८ वर्षिया महिला र बागलुङका बरेङ गाउँपालिकाका २५ वर्षिया एक महिला र ६ वर्षीय बालक सङ्क्रमित भएका छन् । गण्डकी प्रदेशमा कुल संक्रमितको सङ्ख्या १ हजार ४ सय ६४ पुगेको छ ।
कोरोना सङ्क्रमित बढ्दै गएपछि पोखरा महानगरपालिका र बागलुङ जिल्लामा गए राती १२ बजेदेखि लागु हुनेगरि एक हप्ताका लागि निषेधाज्ञा जारी गरिएको छ ।









प्रतिक्रिया राख्नुहोस्