प्रदेश ५ को कांग्रेस संसदीय दलको नेतामा वीरेन्द्रकुमार कनौडिया चयन

बुटवल । प्रदेश ५ को प्रदेश सभामा प्रमुख विपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको नेतामा वीरेन्द्रकुमार कनौडिया चयन भएका छन् ।
मंगलबार बुटवलमा बसेको पार्टी संसदीय दलको वैठकले कपिलवस्तु ३ (ख) बाट निर्वाचित कनौडियालाई सर्वसम्मत रुपमा दलको नेता चयन गरेको हो ।
कनौडियालाई पार्टी संसदीय दलको नेतामा प्रमुख सचेतक सुरेन्द्र हमालले प्रस्ताव र लेखासमितिका सभापतिसमेत रहेका सांसद डिल्ली चौधरीले समर्थन गरेका थिए ।
गत माघ ८ गते संसदीय दलका नेता बलदेव शर्मा पोखरेलको क्यान्सरका कारण मृत्यु भएपछिकनौडिया कार्यवाहक नेता बनेका थिए । कनौडिया २०५८ सालमा जलस्रोत सहायक मन्त्री भएकाथिए ।
कनौडियाले अब प्रदेश सभामा प्रमुख विपक्षी दलको भूमिका सशक्त र प्रभावकारी बनाई सरकारलाई गलत निर्णय र काम गर्नबाट रोक्न भूमिका खेल्ने बताए ।
प्रदेश सभामा विपक्षी दलको भूमिका कमजोर र प्रभावहीन रहेको भन्दै स्वयं कांग्रेस नेता र कार्यकर्ताहरुले आलोचना गर्दै आइरहेका छन् ।







प्रतिक्रिया राख्नुहोस्