प्रहरीद्वारा साढे चार लाखको सुपारी बरामद

भद्रपुर, झापा । जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले सीमावर्ती क्षेत्रबाट सुपारी बरामद गरेको छ ।
मेचीनगर ४स्थित नेपाल भारत दशगजा क्षेत्रबाट प्रहरीले एक हजार चार सय ७० किलो सुपारी बरामद गरेको हो ।
दशगजा क्षेत्रमा लुकाइछिपाई राखेको सुपारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी राकेश थापाले बताउनुभयो । प्रहरीका अनुसार बरामद सुपारीको मूल्य चार लाख ४१ हजार रुपैयाँ छ । बरामद सुपारी मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाइएको छ ।






प्रतिक्रिया राख्नुहोस्