आजका केहि रोचक तस्वीर
रासससाउन १२, २०७७

पोखरामा निर्माणाधीन राष्ट्रिय गौरवको पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलको आन्तरिक तथा बाह्य टर्मिनल भवन । सो भवनको अधिकाँस काम सम्पन्न भएर फिनिसिङको चरणमा छ भने विमानस्थलको हालसम्म समग्रमा ६२ प्रतिशत काम सकिएको आयोजनाले जनाएको छ । तस्वीर ः कृष्ण दवाडी,रासस

पाल्पाको रामपुर नगरपालिकाको तातोपानी धाममा रहेको गौशाला परिसरमा चर्दै गरेका गाईहरु । तस्वीर ः सुशीला रेग्मी, रासस

सिन्धुखोलास्थित मेलम्ची नगरपालिका १२ र १३ लाई जोडने पक्की सिन्धुखोला पुल जोखिममा परेको छ । अबिरल बर्षासँगै खोलाको सतह बढ्दा पुलको जग खोलिएको छ । तस्वीर ः देवराज सुवेदी, रासस

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–१ नाहालमा भासिएको सडक मर्मतका लागि खटिएका नेपाली सेना । तस्वीर ः कृष्ण न्यौपाने, रासस

केहि दिनदेखि आएको बाढीका कारण तनहुँको व्यासनगरपालिका–१ स्थित कराङकाठमा पुराएको क्षति । खोला मिचेर घर बनाउने कार्य मौलाएसँगै व्यास १, २, ३ र १० का खोला छेउका बासिन्दाहरु बाढीको प्रभावमा पर्ने गरेका छन् । तस्वीर ः सानेबहादुर नेपाली, रासस

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (मकै सुपरजोन) अन्तर्गत दाङ देउखुरीस्थित सुनपुरका किसानले लगाएका मकै अनुगमन गर्दै कृषि प्राविधिक । तस्वीर ः दीपक बोहरा÷ रासस

झापाको कनकाई नगरपालिका–४ स्थित कोटिहोममा कोभिड–१९ को परीक्षण गर्न स्थापना गरिएको पिसिआर मेसिन खरीदका लागि अन्तरराष्ट्रिय झापाली समाजले उपलब्ध गराएको रु.२५ लाख हस्तान्तरण गर्दै समाजका उपाध्यक्ष नवीन पोखरेल । समाजले झापामा जनस्तरबाट सञ्चालन गरिएको ‘एकका लागि एक अभियान’ लाई रकम प्रदान गरेको हो । तस्बिरः सुरेन्द्र भण्डारी÷रासस

बस्तीबीच धानखेतको हरियाली सुन्दरता । जेठो बुढो धानको लागि प्रसिद्ध पोखरा–१७, बिरुवा फाँटमा पछिल्लो समय बस्ती बढेसँगै धानखेतहरु प्लटिङमा परिणत हुन थालेका छन् । तस्बिरः जमुनाबर्षा शर्मा÷रासस
रासससाउन १२, २०७७








प्रतिक्रिया राख्नुहोस्