सुनसरीमा जंगली हात्तीको आतंक

सुनसरी । सुनसरीको कोशी गाउँपालिकाको विभिन्न वडामा हात्तीको आतंक बढेकाले स्थानीयहरु रातभर जाग्रम बस्न बाध्य भएका छन् ।
बुधबार राती मात्रै कोशी गाउँपालिका–८ भण्टाबारीमा कोशी टापू बन्यजन्तु आरक्षबाट आएको जङ्गली हात्तीले केही परिवारको घर भत्काईदिएको छ ।
हात्ती नियन्त्रणको माग गर्दै भाण्टाबारीमा विहीबार केहीबेर स्थानीयवासीले चक्काजाम गरेका छन् । सांकेतिक रुपमा गरिएको चक्काजामबाट कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालयले ध्यान नदिएर र पीडितलाई क्षतिपूर्ति नदिए थप आन्दोलन र चक्काजाम गर्ने चेतावनी समेत दिएका छन् ।
वर्षासगैं कोशी गाउँपालिकामा जंगली हात्तीको आतंक बढेको स्थानीयहरुले बताएका छन् । केही दिनयता कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्कने जंगली हात्तीले स्थानीयको घरबार सहित धान र तरकारी बालीमा क्षति पुर्याउने गरी आतंक मच्चाउन थालेको स्थानीय चन्दन यादवले जानकारी दिनुभयो ।
प्रत्येक दिन साझँ र रातिको समयमा कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्कने हात्तीले आतंक मच्चाउन थालेपछि स्थानीय त्रसित भएका यादवले बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्