सुख्खा बन्दरगाह भन्सारद्वारा ३८ अर्ब १९ करोड ७५ लाख राजश्व संकलन

वीरगञ्ज । वीरगञ्ज स्थित सिर्सिया सुख्खा बन्दरगाह भन्सारले कोरोना कहरका बावजुद पनि आर्थिक वर्ष २०७६–७७ मा ३८ अर्ब १९ करोड ७३ लाख ९५ हजार राजश्व संकलन गरेको छ ।
अर्थ मन्त्रालयले सुख्खा बन्दरगाह भन्सार कार्यालयलाई ४१ अर्ब ८८ करोड ५ लाख ४ हजार लक्ष्य दिएकोमा लकडाउनको कारण राजस्व असुली प्रभावित भएको र लक्ष्यको ८६ दशमलव ४३ प्रतिशत राजस्व असुली भएको भन्सार प्रमुख उमेश श्रेष्ठले जानकारी दिनुभयो ।
सिर्सिया सुख्खा भन्सार कार्यालयले भन्सार महसुल तर्फ १६ अर्ब ५८ करोड ९९ लाख ४१ हजार, मूल्य अभिबृद्धि कर तर्फ १७ अर्ब १४ लाख २९ हजार, अन्तशुल्क तर्फ २ अर्ब ४३ करोड २ लाख ७० हजार र सडक निर्माण दस्तुर तर्फ १७ करोड ५७ लाख ५ हजार गरी कुल ३६ अर्ब १९ करोड ७३ लाख ९५ हजार राजश्व संकलन भएको श्रेष्ठले बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्