कारागार सुधार र कैदी बन्दी सम्बन्धी भएका कानूनलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न सरकारलाई समितिको निर्देशन
काठमाडौं । प्रतिनिधिसभा राज्यव्यवस्था तथा सुशासन समितिले कारागार सुधार र कैदी बन्दी सम्बन्धी भएका मौजुदा कानूनलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ ।
कारागार सुधार तथा कैदीबन्दी व्यवस्थापन सम्बन्धमा छलफल गर्न आज सिंहदरवारमा बसेको समितिको बैठकले कैदी बन्दीहरुलाई सुधार गृहमा पठाउने, सामाजिक एवं सामुदायिक सेवामा लगाउने, सामाजजिकीकरण गर्ने, श्रममा लगाउने लगायतका फौजदारी कसुर सजाय निर्धारण तथा कार्यन्वयन ऐन २०७४ मा कारगार र कैदीबन्दी सम्बन्धी भएका मौजुदा कानूनी व्यवस्थाहरुलाई तत्काल कार्यान्वयन गर्न निर्देशन दिएको हो ।
समितिले कैद छुट सम्बन्धी कानूनमा समयानुकुल परिवर्तन गर्न, कैदी बन्दीहरुमा कोभिड १९ को परिक्षण गर्ने व्यवस्था मिलाउन र कैदी बन्दी हरुलाई सहज रुपमा बस्ने बातावरण मिलाउन पनि सरकारलाई निर्देशन दिएको छ ।
बैठकमा गृहमन्त्री राम बहादुर थापाले कारागारलाई शिक्षालय सहितको सुधारगृहको रुपमा विकसित गर्नेु्पर्नेमा जोडदिनुभयो ।
उहाँले कैदिबन्दीहरुलाई उत्पादन र श्रम संग जोड्न सकेमा मुलुकको आर्थिक विकासमा सहयोग पुग्ने बताउनुभयो ।
मन्त्री थापाले कारगारको भौतिक र प्रशासनिक सुधारका लागि आवश्यक गृहकार्य भईरहेको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्