तपाईँ सुन्दै हुनुहुन्छः

एलपी ग्यास उद्योगहरू एकापसमा गाभिने, आयल निगमले सुरु गर्‍यो प्रक्रिया

काठमाडौँ। नेपाल आयल निगमले एलपी ग्यास उद्योगलाई एकापसमा गाभ्ने प्रक्रिया अघि बढाएको छ ।

निगमका निर्देशक विनितमणि उपाध्यायका अनुसार एलपी ग्यास बिक्री वितरणलाई सहज बनाउन तथा उपभोक्ता हित प्रवर्द्धन गर्न विभिन्न नाम र ब्रान्डमा रहेका एलपी ग्यास उद्योगलाई एकापसमा गाभ्ने नीति लिएको हो । निगमले सबै उद्योगलाई पत्र लेख्दै गाभ्ने कार्ययोजना बनाई काम अगाडि बढाउन आग्रह गरेको छ ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button