विद्यार्थीहरूद्वारा सयपत्री फूलको व्यावसायिक खेती
महोत्तरी । तिहारलाई लक्षित गर्दै बर्दिबासमा रहेको प्राकृतिक स्रोत व्यवस्थापन कृषि क्याम्पसका ५ जना विद्यार्थीहरूले ‘पढ्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत सयपत्री फूलको व्यावसायिक खेती तथा बिक्री सुरु गरेका छन् ।

दोस्रो सेमेस्टरका विद्यार्थी प्रशान्त कुमार यादवका अनुसार क्याम्पसमा सीप, सिर्जना र उद्यमशीलता विकास गर्ने उद्देश्यले प्रशान्त कुमार यादव, राज कुमार दास,अभिषेक यादव ,राजु साह र एलिना चौंलागाँइले सामूहिक रुपमा पहिलो पटक २ कट्ठामा व्यावसायिक सयपत्री फूल खेती गरेका हुन्।

बारीमा अहिले सयपत्री फूल लटरम्म भएर फुलेका छन्। तिहारलाई लक्षित गर्दै बिक्रीको लागि जनकपुर ,चितवन काठमाडौँ लगायत स्थानीय बजारमा समेत बेच्नको लागि पठाउने गरेको प्रशान्त यादवले बताउनुभयो ।









प्रतिक्रिया राख्नुहोस्