तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिपक्षी दलहरूको बैठक सुरु

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आव्हान गरेको प्रतिपक्षी दलहरूको बैठक सिंहदरबारस्थित काँग्रेस संसदीय दलको कार्यालयमा सुरु भएको छ । 

बैठकमा सरकारको जबाफदेहिता, सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को भूमिका, पत्रकार पक्राउ र सञ्चार माध्यममा प्रहरी परिचालन लगायतका विषयमा छलफल हुने बताइएको छ ।

बैठकमा नेकपा एमालेका सचिव तथा उपनेता पद्मा कुमारी अर्याल, नेपाल कम्युनिस्ट पार्टीका संसदीय दलका नेता वर्षमान पुन र प्रमुख सचेतक युवराज दुलाल, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक खुश्बु ओली लगायतका नेताहरूको सहभागिता रहेको कांग्रेस संसदीय दलको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button