तपाईँ सुन्दै हुनुहुन्छः

एनपीएल: काठमाडौँ गोर्खाजले टस जितेर फिल्डिङ रोज्यो, कर्णाली याक्स पहिले ब्याटिङ गर्दै

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल)  क्रिकेट प्रतियोगिता, २०२६ अन्तर्गत कर्णाली याक्सविरुद्धको खेलमा काठमाडौँ गोर्खाजले टस जितेको छ । 

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा भरखरै भएको टसमा काठमाडौँ कप्तान करण केसीले टस जितेर पहिला बलिङ रोजेको छन् । 

यससँगै कर्णाली याक्सले पहिला ब्याटिङको निम्तो पाएको छ ।  कर्णालीले लगातार दुई खेलमा विजयी हुँदै चार अङ्क जोडेको छ । कर्णाली अङ्क तालिकाको शीर्ष स्थानमा छ । 

सोमपाल कामीको कप्तानीमा रहेको कर्णालीले आज पनि जित निकाल्ने उद्देश्यका साथ मैदानमा उत्रिएको छ । यसअघि कर्णालीले पहिलो खेलमा जनकपुरलाई १९ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा काठमाडौँलाई ४ विकेटले हराएको थियो ।

यता करण केसीको कप्तानीमा रहेको काठमाडाँै पहिलो जित निकाल्ने दाउमा छ । काठमाडौँ अङ्कविहीन छ । काठमाडौँ पहिलो खेलमा जनकपुरसँग ८ विकेटले पराजित भएको थियो । 

काठमाडौँको प्लेइङ ११ मा कप्तान करण केसीसहित भीम सार्की, राशिद खान, मोहम्मद आदिल आलम, सन्तोष यादव, शाहब आलम, देव शाह, रिपोन मण्डल, डेभिड वार्नर, स्मित पटेल र जहान्दाद खान रहेका छन् । 

यता कर्णालीको प्लेइङ ११ मा भने कप्तान सोमपाल कामीसहित गुलशनकुमार झा, नन्दन यादव, दीपक डुम्रे, उनिश सिंह ठकुरी, पवन सर्राफ, युवराज खत्री, अरिफुल इस्लाम, मार्क वाट, मोहम्मद हुसेन तलात र जिसान आलम परेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button