तपाईँ सुन्दै हुनुहुन्छः

सुकेटार विमानस्थलमा झन्डै चार महिनापछि पुनः उडान सुरु

ताप्लेजुङ। ताप्लेजुङको सुकेटार विमानस्थलमा झण्डै चार महिना पछि पुन: उडान सुरु भएको छ। आज नेपाल वायुसेवा निगमको ट्विनअटरले १३ जना यात्रु लिएर आएसँगै विमान स्थलमा उडान सुरु भएको हो । मौसममा सुधार आयसँगै उडान सुरु गरिएको विमानस्थलमा यसअघि ज्येष्ठ २२ गते विमान आएको थियो । 

विमानले ताप्लेजुङबाट पाँच जना यात्रु लिएर गएको छ । दशैं तिहार जस्ता चाडपर्व साथै पर्यटकीय सिजन सुरुभए सँगै उडानलाई नियमित गरिने बताइएको छ । जिल्लामा एक मात्र सुकेटार विमानस्थलमा काठमाडौँ–ताप्लेजुङ–काठमाडौँ उडानका लागि अहिले सेप्टेम्बरसम्मका लागि सातामा एक दिन सोमबारको तालिका रहे पनि अक्टोबरदेखि सातामा तीन दिन सोमबार, बिहीबार र शनिबार गरी तीन उडान राखिएको निगमका ताप्लेजुङका स्टेशन इन्चार्ज नारायण कुमार कार्कीले जानकारी दिनुभयो । 

ताप्लेजुङदेखि काठमाडौँसम्मको प्रतिव्यक्ति भाडा १२ हजार ७० र ताप्लेजुङदेखि काठमाडौँदेखि ताप्लेजुङसम्मका लागि १२ हजार दुई सय ७० रुपियाँ रहेको नेपाल वायुसेवा निगमले जनाएको छ । ताप्लेजुङमा नियमित उडान नहुँदा ज्येष्ठ नागरिक, बिरामी लगायत अत्यावश्यक काम पर्दा समस्या हुने गरेको ताप्लेजुङवासीहरूले बताउने गरेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button