“समुन्नत गण्डकी” रेडियो कार्यक्रम प्रसारणमा निरन्तरता
पोखरा । गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय अन्तर्गतको प्रेस रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा र सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय पोखरा बीच आ.व. २०८३/८४ का लागि “समुन्नत गण्डकी” रेडियो कार्यक्रम उत्पादन तथा प्रसारण गर्ने सम्झौता भएको छ ।

सम्झौता पत्रमा प्रेस रजिष्ट्रार कार्यालय गण्डकी प्रदेशका निर्देशक प्रभाकर घिमिरे र रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय पोखराका कार्यालय प्रमुख शान्ती गुरुङले हस्ताक्षर गर्नुभयो ।
गण्डकी प्रदेशका प्रेस रजिष्ट्रार बिमला भण्डारीको रोहबरमा भएको हस्ताक्षर कार्यक्रममा बोल्नुहुँदै प्रेस रजिष्ट्रार कार्यालय गण्डकी प्रदेशका निर्देशक प्रभाकर घिमिरेले “समुन्नत गण्डकी” रेडियो कार्यक्रमले प्रेस रजिष्ट्रारको कार्यालयले गर्दै आएका महत्वपूर्ण कार्यक्रमको उजागर गर्ने विश्वास व्यक्त गर्नुभयो ।
गण्डकी प्रदेशका प्रेस रजिष्ट्रार बिमला भण्डारीले गण्डकी प्रदेश सरकारले गरेका गतिविधि तथा नागरिकका चासो, गुनासो, प्रभावकारिता लगायतका विषयवस्तु कार्यक्रममा समेटिनु पर्ने सुझाव दिनुभयो । रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय गण्डकी प्रदेश पोखराका कार्यालय प्रमुख शान्ती गुरुङले समुन्नत गण्डकी रेडियो कार्यक्रम उत्पादन तथा प्रसारणको निरन्तरताका लागी प्रेस रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशलाई धन्यवाद दिनुहुँदै “समुन्नत गण्डकी” रेडियो कार्यक्रममार्फत रेडियो नेपाल पोखराले गण्डकी प्रदेश सरकार र नागरिक बीच सेतुको काम गर्ने विश्वास दिलाउनु भयो ।
समुन्नत गण्डकी रेडियो कार्यक्रम रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र गण्डकी प्रदेश पोखराको मिडियमवेभ ६८४ किलोहर्जका साथै एफ.एम ब्याण्डको ९८ मेगाहर्जमा गोरखाको उपल्लोकोट, १०० मेगाहर्जमा कास्कीको पोखरा, तनहुँको बन्दीपुर, पर्वतको दुर्लुङकोटबाट गण्डकी प्रदेशका ११ बाटै जिल्ला साथै १०३ मेगाहर्जमा दाउन्ने नवलपरासी बर्दघाट सुस्तापूर्व र पाल्पाको बगनासकाली रिले केन्द्रबाट सुन्न सकिने छ ।
यसका अलवा रेडियो नेपालको अनलाइन पोर्टल मोबाइल एप, रेडियो नेपाल पोखराको युट्युब च्यानल र फेसबुक पेजबाट समेत सुन्न सकिनेछ । सम्झौताको अवधि २०८३ मङ्सिर देखि २०८४ असार मसान्तसम्म कायम रहने छ ।








प्रतिक्रिया राख्नुहोस्