तपाईँ सुन्दै हुनुहुन्छः

पहिलो चौमासिकमा गण्डकी प्रदेशको ९.२० प्रतिशत मात्रै बजेट खर्च

पोखरा । गण्डकी प्रदेश सरकारको बजेट खर्च चालु आर्थिक वर्षको पहिलो चौमासिकमा सुस्त देखिएको छ । चालु आर्थिक वर्ष २०८३/०८४ का लागि विनियोजन गरिएको बजेटमध्ये कार्तिक मसान्तसम्म जम्मा ९.२० प्रतिशत मात्रै खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालय गण्डकी प्रदेशले जनाएको छ ।

प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि कुल ३१ अर्ब ९९ करोड ९९ लाख रुपैयाँ बजेट विनियोजन गरेकोमा कार्तिक मसान्तसम्म करिब ३ अर्ब ३ करोड ७३ लाख १० हजार रुपैयाँ मात्रै खर्च गरेको कार्यालयले दिएको तथ्याङ्कमा उल्लेख छ । यसअनुसार कुल बजेटको झन्डै ९० प्रतिशतभन्दा बढी रकम खर्च हुन बाँकी छ ।

प्रदेश लेखा नियन्त्रक कार्यालय गण्डकी प्रदेशको खर्च प्रगति विवरणअनुसार चालुतर्फ १२ अर्ब ७२ करोड ३७ लाख ७८ हजार रुपैयाँ र पुँजीगततर्फ २० अर्ब २ करोड ६१ लाख २२ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ । वित्तीय व्यवस्थातर्फ २५ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

चालुतर्फको बजेट खर्च तुलनात्मक रूपमा केही अगाडि देखिए पनि विकास निर्माणसँग प्रत्यक्ष जोडिएको पुँजीगत खर्च भने झनै कमजोर देखिएको छ । विवरणअनुसार चालुतर्फ करिब १३.२२ प्रतिशत र पुँजीगततर्फ करिब ६.७७ प्रतिशत मात्रै खर्च भएको छ । वित्तीय व्यवस्थातर्फ खर्च शून्य देखिएको छ ।

प्रदेश सरकारका मन्त्रालय तथा निकायहरूको खर्च प्रगति हेर्दा अधिकांशको कार्यसम्पादन अपेक्षाअनुसार देखिएको छैन । ठूलो बजेट भएका मन्त्रालयमा खर्चको गति कमजोर हुँदा समग्र प्रदेश सरकारको बजेट कार्यान्वयन प्रभावित भएको देखिन्छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको कार्तिक मसान्तसम्म हेर्दा ८.२६ प्रतिशत मात्र खर्च भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button