तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री शाहसँग भारतका विदेशमन्त्री डा.जयशङ्करको शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग भारतका विदेशमन्त्री डा.एस जयशङ्करले आज साँझ शिष्टाचार भेट गर्नुभएको छ । 

नयाँदिल्लीस्थित होटल ताजमा भएको भेटमा प्रधानमन्त्री शाहलाई भारतीय विदेशमन्त्री जयशंकरले भारत सरकारको तर्फबाट औपचारिक रूपमा स्वागत गर्नुका साथै भ्रमणका अवसरमा हुने विविध  सहमति र सहकार्यका बारेमा अवगत गराउनुभएको छ ।

भेटवार्ताका क्रममा नेपाल र भारत सम्बन्धका विविध पक्ष, विशेषगरी कनेक्टिभिटी, व्यापार, पारवहन तथा वाणिज्य, ऊर्जा, संस्कृति, शिक्षा र जनस्तरको सम्बन्धलगायतका क्षेत्रमा सहकार्यबारे छलफल भएको छ। उहाँहरूले द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने विषयमा समेत कुराकानी गर्नुभएको छ।

उक्त भेटमा प्रधानमन्त्री शाहसँगै परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्री शाहका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, परराष्ट्र सचिव अमृतबहादुर राई, भारतका लागि नेपालका राजदूत निश्चलनाथ पाण्डे लगायत सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button