तपाईँ सुन्दै हुनुहुन्छः

‘जे गर तिमी’ सार्वजनिक, प्रेम र वियोगको कथा

काठमाडौँ । अभिनेता देव नेपालीको अभिनय तथा निर्माण रहेको नयाँ गीत ‘जे गर तिमी’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रेम सम्बन्धमा देखिने उतारचढाव र अन्ततः वियोगमा टुङ्गिएको कथालाई भिडियोमा उतारिएको छ।

भिडियोमा देव नेपाली र मोडल करिश्मा श्रेष्ठ प्रेमिल जोडीका रूपमा देखिएका छन्। गहिरो प्रेममा रहे पनि सामान्य असमझदारीले सम्बन्धमा कसरी दरार ल्याउन सक्छ भन्ने भावलाई भिडियोमा समेटिएको निर्माण पक्षले जनाएको छ।

सुशान सुन्दासको स्वर रहेको गीतमा शब्द तथा सङ्गीत महेश ज्ञवालीको छ। दिनेश बस्नेतको निर्देशनमा बनेको भिडियोमा उत्सव दाहालको छायाङ्कन र विकास दाहालको सम्पादन रहेको छ। भिडियो ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

https://www.youtube.com/watch?v=B_INheo-bUo

प्रतिक्रिया राख्नुहोस्

Back to top button