अग्निसाईर कृष्णासवरन गाउँपालिकाको छैठौं गाउँसभा सम्पन्न, ४९ करोडको बजेट प्रस्तुत

सप्तरी । सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिकाको आगामी वर्षका लागि नीति, कार्यक्रम र बजेट पारित गर्दै छैठौं गाउँसभा सम्पन्न भएको छ ।
गाउँपालिका अध्यक्ष पर्शुराम चौधरीको अध्यक्षता आयोजित गाउँसभामा उपाध्यक्ष मिना चौधरीले आर्थिक बर्ष २०७७/०७८ को नीति, कार्यक्रममा ४९ करोड २१ लाख ५१ हजारको बजेट प्रस्तुत गर्नु भएको थियो । उक्त बजेट नीति, कार्यक्रम तथा बजेट सर्वसम्मत पारित भएको छ ।
गाउँपालिका उपाध्यक्ष चौधरीले प्रस्तुत गरेको निति तथा कार्यक्रममा भौतिक पुर्वधार, आर्थिक विकास, विपद, सामाजिक विकासतर्फ शिक्षा, स्वास्थ्य र कृषि विद्युतिकरणलाई प्राथमिकतामा राखेको छ । सभामा वडा ३ का अध्यक्ष अरुण कुमार चौधरीले आर्थिक विधेयक र वडा नम्बर २ का अध्यक्ष पशुपति प्रसाद चौधरीद्वारा प्रस्तावित बिनियोजन विधेयक संशोधन सहित पास भएको जनाएको छ ।
सितापुर स्वास्थ्य संस्थामा सुत्केरी गराउनेलाई निःशुल्क र बाहिर लानुपर्नेलाई ५० प्रतिशत शुल्क छुट गरि एम्बुलेन्स सेवा प्रदान गर्ने निर्णय गरेको छ । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जागेश्वर खड्गाद्वारा सञ्चालित कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत धिरेन्द्र प्रसाद यादवले नीति, कार्यक्रम र बजेटबारे प्रकाश पार्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्