तपाईँ सुन्दै हुनुहुन्छः

ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी : १० घर जलेर नष्ट

ताप्लेजुङ । ताप्लेजुङको दोस्रो ठूलो बजार दोभानमा भीषण आगलागी हुँदा १० घर जलेर नष्ट भएको छ । 

आज दिउँसो विद्युत् सट भई आगलागी हुँदा १० वटा घर जलेर नष्ट जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । 

फुङलिङ नगरपालिकाबाट गएको वारुणयन्त्र, नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी र स्थानीयवासीको सहयाृगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक तथा सूचना अधिकारी बिन्देश्वर यादवले जानकारी दिनुभयो ।  

प्राय काठ र जस्ताले निर्माण भएको घरका कारण आगो तीव्रगतिमा फैलिएको थियो । आगलागीबाट भएको क्षतिको विवरण सङ्कलन गर्न बाँकी रहेको प्रहरी निरीक्षक यादवले बताउनुभयो । 

सोही स्थानमा २०७७ साल फागुन १८ गते भएको भीषण आगलागी हुँदा ५० घर पूर्णरुपमा नष्ट र ६३ परिवार विस्थापित भएका थिए भने ४० करोड रुपैंया बराबरको क्षति भएको थियो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button