एसियाली शारीरिक सुगठन च्याम्पियनसिपमा भाग लिन नेपाली टोली आज थाइल्याण्ड जाँदै
काठमाडौँ। आजदेखि सुरु हुने ५८औँ एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोट्र्स च्याम्पियनसिपमा सहभागी हुन नेपाली शारीरिक सुगठन टोली आज थाइल्याण्ड प्रस्थान गर्दैछ ।
यही असोज १२ गतेसम्म बैङ्ककमा हुने उक्त प्रतियोगितामा नेपालकातर्फबाट जुनी राई, रिपु घर्ती, सगेन्द्र सिंह, परिस श्रेष्ठ, रेशम राणा, विप्लव थापा मगर र प्रनेश श्रेष्ठले प्रतिस्पर्धा गर्नुहुनेछ ।
प्रतियोगितामा सहभागी हुने नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रामचरित्र मेहताले सोमबार नै बिदाइ गर्नुभएको थियो ।
उक्त प्रतियोगिताका लागि टोली प्रमुखमा राजेशबाबु श्रेष्ठ, अफिसियलमा विजयलाल कायश्थ र दिनेशकुमार राजभण्डारी तथा प्रशिक्षकमा रुजेश शाही, टिम व्यवस्थापकमा राजेशबहादुर श्रेष्ठ र निर्णायकमा प्रतापकाजी बरिया सहभागी हुनुहुनेछ ।








प्रतिक्रिया राख्नुहोस्