तपाईँ सुन्दै हुनुहुन्छः

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री वाग्लेलाई 

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा भाग लिन जानुहुने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई दिइएको छ। 

प्रधानमन्त्री शाह राष्ट्रसङ्घको महासभामा भाग लिन आज साँझ ७ बजे अमेरिकाको न्यूयोर्क प्रस्थान गर्दै हुनुहुन्छ।  

उहाँले आफ्नो अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री वाग्लेलाई दिन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्नुभएको थियो। उक्त सिफारिसका आधारमा राष्ट्रपति पौडेलले अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्री तोक्नुभएको हो। 

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसङ्घको महासभामा यही असोज ८ गते सम्बोधन गर्ने कार्यतालिका छ। उहाँ यही असोज १० गते स्वदेश फिर्ता हुने तालिका छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button