रेडियो नेपालकर्मी गिरीलाई ‘जगन्नाथ गौडेल स्मृति पत्रकारिता पुरस्कार’
नेपालगञ्ज । रेडियो नेपालका बाँके संवाददाता नवीन गिरीलाई नेपाल प्रेस युनियन बाँकेले ‘जगन्नाथ गौडेल स्मृति पत्रकारिता पुरस्कार’ प्रदान गरेको छ ।

युनियन बाँकेको नेपालगञ्जमा सम्पन्न १३औँ जिल्ला अधिवेशन तथा साधारण सभामा गिरीलाई नगद ५ हजार १ सय रुपैयाँसहित पुरस्कृत गरिएको हो । प्रमुख अतिथि नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेल, विशिष्ट अतिथि प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष प्रेम केसी, पूर्व अध्यक्ष समिरजंग शाह, वरिष्ठ पत्रकार हरिहर विरही, युनियन बाँकेका अध्यक्ष प्रिया स्मृति ढकाल लगायतले गिरीलाई नगद रुपैयाँसहित दोसल्ला ओढाई पुरस्कृत गर्नुभएको थियो ।
नेपाल प्रेस युनियन बाँकेले लोकतन्त्र, सामाजिक न्याय, जनअधिकार तथा समाजसेवाका क्षेत्रमा स्वर्गीय जगन्नाथ गौडेलले पुर्याएको योगदानको स्मरणमा स्थापित उक्त पुरस्कार पत्रकार गिरीलाई प्रदान गरेको हो । स्वर्गीय गौडेलकी छोरी लक्ष्मी शर्मा गौडेलको अग्रसरतामा प्रेस युनियन बाँके शाखाले उक्त पुरस्कार स्थापना गरेको हो ।
पुरस्कारले आफ्नो पत्रकारिता यात्रामा थप जिम्मेवारी, ऊर्जा र प्रतिबद्धता थपेको गिरीले बताउनुभयो । उहाँले स्वर्गीय गौडेलको योगदानलाई स्मरण गर्दै प्राप्त सम्मानलाई पत्रकारिताप्रतिको आफ्नो दायित्व अझ जिम्मेवार ढंगले निर्वाह गर्ने प्रेरणाका रूपमा लिएको बताउनुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्