तपाईँ सुन्दै हुनुहुन्छः

वरिष्ठ पत्रकार विरहीलाई पन्नालाल गुप्ता तथा शाहलाई सुशील कोइराला राष्ट्रिय पत्रकारिता पुरस्कार

नेपालगञ्ज । नेपाल प्रेस युनियन बाँके शाखाले स्थापना गरेका विभिन्न पत्रकारिता पुरस्कारबाट पाँच जना पत्रकार सम्मानित तथा पुरस्कृत भएका छन् । शाखाको १३औँ जिल्ला अधिवेशन तथा साधारण सभामा पाँच जना पत्रकारलाई सम्मानित तथा पुरस्कृत गरिएको हो ।

युनियनले प्रदान गर्दै आएको ‘सुशील कोइराला राष्ट्रिय पत्रकारिता पुरस्कार’ बाट नेपाल प्रेस युनियनका पूर्व अध्यक्ष समीरजंग शाह, ‘पन्नालाल गुप्ता राष्ट्रिय पत्रकारिता पुरस्कार’ बाट नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष हरिहर विरही सम्मानित हुनुभएको छ ।

त्यसैगरी, ‘जगन्नाथ गौडेल स्मृति पत्रकारिता पुरस्कार’ बाट नेपाल प्रेस युनियन लुम्बिनी प्रदेशका महासचिव एवं नेपाल पत्रकार महासङ्घ बाँकेका अध्यक्ष नवीन गिरी, ‘प्रेस युनियन क्रियाशील पत्रकारिता पुरस्कार’ बाट दलित पत्रकार संघ लुम्बिनी प्रदेशका अध्यक्ष टेकेन्द्र बस्याल तथा ‘प्रेस युनियन उदीयमान पत्रकारिता पुरस्कार’ बाट नेपाल टेलिभिजन कोहलपुरमा कार्यरत पत्रकार लीला चौधरी पुरस्कृत हुनुभएको छ ।

युनियनले पत्रकारिता क्षेत्रमा पुर्‍याएको योगदान, सक्रियता, खोज तथा जनउत्तरदायी पत्रकारिताको मूल्याङ्कन गर्दै उनीहरूलाई विभिन्न पुरस्कारबाट सम्मान गरेको हो । यसै अवसरमा शतक रक्तदाता पवन जयसवाललाई समेत विशेष सम्मान गरिएको छ ।

शाखा अध्यक्ष प्रिया स्मृति ढकालको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्र नेपाली कांग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेल र प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष प्रेम केसीको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको हो ।

त्यस अवसरमा सभापति गौडेल, वरिष्ठ उपाध्यक्ष केसी, सम्मानित व्यक्तित्व द्वय विरही र शाह, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य एवम् अधिवेशन प्रतिनिधि मुक्तिबाबु रेग्मी, प्रेस युनियन लुम्बिनी प्रदेश महासचिव गिरी, नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाई, सामुदायिक रेडियो प्रसारक संघका केन्द्रीय कोषाध्यक्ष तुला अधिकारी, युनियन बाँकेका निवर्तमान अध्यक्ष अर्जुन ओली, पूर्व अध्यक्ष जयनारायण शाह, समाजवादी प्रेस सङ्गठनका अध्यक्ष लोकनाथ शर्मा, क्रियाशील पत्रकार महिला बाँकेकी अध्यक्ष सावित्री गिरीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button