तीन सय दुई किलो गाँजासहित एक जना पक्राउ
काठमाडौँ । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–८ जोगिनियाबाट अवैध लागु औषध गाँजा करिब ३०२ किलो ४८० ग्रामसहित एक जना पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय हनुमाननगरबाट खटिएको प्रहरीले १२ वटा बोरामा रहेको उक्त परिमाणको गाँजासहित हनुमाननगर कङ्कालिनी–७ मुखिया टोल बस्ने ५३ वर्षीय माधुरी मुखियालाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्