रेडियो नेपालका पूर्व कर्मचारी रायमाझीको निधन

काठमाडौँ । रेडियो नेपालका पूर्व कर्मचारी महेन्द्र रायमाझीको ४९ वर्षको उमेरमा निधन भएको छ ।
विगत पाँच वर्षदेखि परिवारसहित अष्ट्रेलिया बस्दै आउनुभएका रायमाझीको आज बिहान ७ बजे आफ्नै निवासमा निधन भएको उहाँको परिवारले जनाएको छ ।
२०७६ सालमा अवकाश लिनु भएका रायमाझीले अङ्ग्रेजी समाचार सम्पादक एवम् वाचकका रुपमा सेवा गर्न भएको थियो । साथै उहाँ साङ्गीतिक क्षेत्रमा क्रियाशीलसमेत हुनुहुन्थ्यो ।
उहाँको निधनमा सार्वजनिक सेवा प्रसारण संस्था रेडियो नेपाल दुःख व्यक्त गदै शोक सन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गर्दछ ।








प्रतिक्रिया राख्नुहोस्