तपाईँ सुन्दै हुनुहुन्छः

फोनिज मोरङको २७औँ स्थापना दिवस: निःशुल्क आँखा शिविर तथा पत्रकार सम्मान

मोरङ। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मोरङको २७औँ स्थापना दिवसको अवसरमा निःशुल्क आँखा परीक्षण, चिकित्सकीय परामर्श तथा औषधि वितरण कार्यक्रम सम्पन्न भएको छ।

पथरीशनिश्चरे–९ रिगुवास्थित सिंहबाहिनी माध्यमिक विद्यालयमा आयोजित उक्त कार्यक्रममा स्थानीय समुदायलाई लक्षित गरी स्वास्थ्य सेवा प्रदान गरिएको हो। शिवोम मेडिको विराटनगरको सहयोग तथा विराट रानी आँखा अस्पताल प्रालि, विराटनगरको प्राविधिक सहयोगमा सञ्चालित शिविरमा विशेषज्ञ स्वास्थ्यकर्मीहरूले सर्वसाधारणको आँखा परीक्षण गर्नुका साथै परामर्श र आवश्यक औषधि निःशुल्क वितरण गरेका थिए।

स्थापना दिवसका अवसरमा सामाजिक उत्तरदायित्व वहन गर्दै फोनिज मोरङले स्वर्गीय कृष्ण देवान स्मृति पुरस्कार प्रदान गर्नुका साथै विभिन्न पत्रकारहरूलाई सम्मान समेत गरेको छ।

आफ्नो स्थापना दिवसलाई केवल औपचारिक कार्यक्रममा सीमित नराखी समाजसँग जोड्ने उद्देश्यले स्वास्थ्य सचेतना तथा सेवा विस्तारका कार्यक्रम सञ्चालन गरिएको आयोजकले जनाएको छ। कार्यक्रमबाट स्थानीय बासिन्दा तथा लक्षित वर्गले प्रत्यक्ष लाभ उठाएका छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button