सुस्तावासीले निर्वाह गरेको रक्षा कवचको भूमिका प्रशंसनीय : मुख्यमन्त्री आचार्य

नवलपरासी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुस्तावासीले आफ्नो भूमि जोगाउन खेलेको रक्षा कवचको भूमिका प्रशंसनीय रहेको बताउनुभएको छ ।
नारायणी नदीले सुस्ता क्षेत्रमा गरेको कटानको निरीक्षण गर्न आज सुस्ता आइपुग्नुभएका मुख्यमन्त्री आचार्यले सुस्ता कटान रोक्न प्रदेश सरकारले आवश्यक बजेट व्यवस्थापन गर्ने बताउनुभयो ।
“नदीले गरेको कटान रोक्ने महान् अभियानमा जुट्नुभएका सुस्ताबासी स्थानीय र सुरक्षा निकायको म प्रशंसा गर्दछु, हामीले यो क्षेत्रको कटान रोक्न बिपद व्यवस्थापन कोषबाट हामीले बजेट व्यवस्थापन गर्नेछौँ”, मुख्यमन्त्री आचार्यले भन्नुभयो । यसका लागि बजेटको अभाव हुन नदिने मुख्यमन्त्री आचार्यले प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकले कठिन परिस्थितिमा समेत नेपाली भूमि संरक्षणमा निरन्तर योगदान दिँदै आएको भन्दै उहाँले सुस्तावासीप्रति आभार
मुख्यमन्त्री आचार्यले सुस्ताको संरक्षण नागरिकको संरक्षणमा प्रदेश सरकार गम्भीर रहेको उल्लेख गर्नुभयो ।
लुम्बिनी प्रदेशका बन तथा वातावरण मन्त्री देवकरण प्रसाद कलवारसहितका अन्य नेताहरूले सुस्ताका समस्याका बारेमा मुख्यमन्त्री आचार्यलाई ध्यानाकर्षण गराउनुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्