तपाईँ सुन्दै हुनुहुन्छः

आत्मदाह प्रयासपछि घाइते चौधरीको मृत्यु

सुदूरपश्चिम। आत्मदाहको प्रयासपछि गम्भीर घाइते कैलालीको धनगढी उपमहानगरपालिका–७ का ३५ वर्षीया ज्योति चौधरीको आज मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार गत शनिबार साँझ आफ्नै घरभित्र शरीरमा आगो लगाएपछि चौधरी घाइते हुनुभएको थियो । उहाँको शरीरको करिब ६० प्रतिशत भाग जलेको अवस्थामा आफन्तले तत्काल उपचारका लागि सेती प्रादेशिक अस्पताल, धनगढीमा भर्ना गरेका थिए । त्यहाँबाट थप उपचारका लागि भेरी अस्पताल, नेपालगन्ज रिफर गरिए पनि आफन्तले उहाँलाई सिधैँ काठमाडौँ लैजाँदै गरेका थिए ।

त्यसै क्रममा आज बिहान बाटोमै मृत्यु भएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएकाे छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button