तपाईँ सुन्दै हुनुहुन्छः

सरकार र डा.केसीबीच ७ बुँदे सहमति, पाँचौँ दिनमा अनसन तोडियो

धनगढी । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै अनसनरत डा.गोविन्द केसी पक्ष र सरकारी वार्ता टोलीबीच सहमति भएको छ । 

धनगढीमा दुई दिनसम्म चलेको वार्तापछि सरकारी टोली र केसी पक्षबीच ७ बुँदे सहमति भएको हो । 

अनसनरत डा.केसीले अघि सारेका मागबारे आइतबार र सोमवार दुई दिनसम्म चलेको वार्तापछि दुवै पक्षले सहमत पत्रमा हस्ताक्षर गरेका छन् ।

वार्तामा सरकारी पक्षबाट प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार प्रा.डा.जगदीशप्रसाद अग्रवाल, शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेल, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. विकास देवकोटा सहभागी हुनुहुन्थ्यो। डा.केसीका तर्फबाट डा.अमृत जैशी र डा.पवन थापा सहभागी हुनुहुन्थ्यो। साथै, राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा सांसद पुकार बम पनि वार्तामा सहभागी हुनुहुन्थ्यो। 

डा.केसीले साउन ७ गतेदेखि धनगढीस्थित श्रीकृष्ण मन्दिर धर्मशालामामा अनसन सुरु गर्नुभएको थियो। स्वास्थ्य अवस्था कमजोर भएपछि उहाँलाई सेती प्रादेशिक अस्पतालको आइसियुमा राखिएको थियो।

सरकारी टोलीसँग ७ बुँदे सहमति भएपछि डा.केसीले पाँचौँ दिनमा आफ्नो अनसन तोड्नुभएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button